आईएमएफद्वारा श्रीलङ्काको कर्जा सहयोग निकासा

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चीनलगायत श्रीलंकाको वैदेशिक ऋणको महत्वपूर्ण पुनर्संरचनामा ढिलाइ भए पनि ३३ करोड ६० लाख अमेरिकी डलरबराबरको ऋण किस्ता (बेलआउट)का रुपमा निकासा गरेको छ ।

आईएमएफले आफ्नो पछिल्लो समीक्षापछि भनेको छ, ‘श्रीलङ्काले पुनरुत्थान गर्न थालेको छ, तर अर्थतन्त्र अझै पनि कमजोर छ र ऋणको दिगोपनाको बाटो जाखिममा नै रहेको छ ।’

सन् २०२२ को अप्रिलमा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुको आयातका लागि समेत विदेशी मुद्रा अभाव भएपछि श्रीलंकाले आफ्नो बाह्य ऋण तिर्न नसकेपछि आईएमएफले उसलाई नियमित किस्ता तिर्ने सर्तमा ऋण उपलब्ध गराउँदै आएको छ ।

महिनौँसम्म चलेको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई भ्रष्टाचार र कुव्यवस्थापनको आरोप लागेपछि पद छोड्न बाध्य बनाएको थियो भने देशलाई सबैभन्दा खराब आर्थिक सङ्कटमा धकेलेको थियो ।

आईएमएफको कर्जा समितिले कोलम्बोसँग गत मार्चमा भएको कर्मचारीस्तरीय सम्झौतालाई अनुमोदन गरेको छ ।

समितिले ऋण पुनर्संरचना सम्झौतामा पुग्न श्रीलंकाको प्रयासको स्वागत गरेको छ, तर देशले द्विपक्षीय ऋणदाता, निजी ऋणदाता र चीनको निर्यात–आयात बैंकसँगका सम्झौताहलाई छिटो अन्तिम रूप दिनुपर्छ ।

आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्देशकले बाह्य निजी ऋणदातासँग तुलनात्मक, पारदर्शी र समयमै पुनर्संरचना पूरा गर्ने महत्वमा जोड दिएका छन् ।’ श्रीलंकाको कुल वैदेशिक ऋणको करिब १० प्रतिशत हिस्सा बेइजिङले ओगटेको छ ।

एजेन्सी

Comments

Back to top