माइग्रेनबाट छुटकारा पाउन घरमै यसो गर्नुहोस्
माइग्रेनको सामान्य टाउको दुखाइ होइन, यदि तपाईँले यो अनुभव गर्नुभएको छ भने थाहा पाउनुहुनेछ कि यसमा वाकवाकी लाग्ने, उज्यालो प्रकाश वा आवाजप्रति संवेदनशीलता, धमिलो हुने र गम्भीर टाउको दुख्ने जस्ता समस्याहरू हुन्छन् । जब माइग्रेन आक्रमण हुन्छ, हामी यसलाई निको पार्न जे पनि गर्न तयार हुन्छौ ।
यस्तो अवस्थामा प्राकृतिक उपचारले माइग्रेनको लक्षण कम गर्न निकै सहयोगी हुन्छ । तर यो पनि जान्नु आवश्यक छ कि यदि यो असहनीय हुँदै गइरहेको छ भने डाक्टरको सल्लाह लिनुपर्छ । त्यसैले माइग्रेनबाट छुटकारा पाउने केही घरेलु उपायहरू यस प्रकार छ :
कफी पिउनुहोस्
शरीरमा रहेको क्याफिनको थोरै मात्राले माइग्रेनको दुखाइमा राहत दिन्छ । यस्तो अवस्थामा तपाईँले कालो कफी पिउनुपर्छ । तर कहिलेकाहीँ धेरै क्याफिन सेवन गर्दा पनि माइग्रेन हुन सक्छ ।
लेभेन्डर तेल
अनुसन्धानले पत्ता लगाएको छ कि माइग्रेन दुखाईको बेला लेभेन्डर तेल सुँघ्नु भयो भने, यसले १५ मिनेटमा केही प्रभाव देखाउँछ । यस्तो अवस्थामा तपाईँले यसलाई सिधै वा रुमालमा राखेर सुँघ्न सक्नुहुन्छ ।
पुदिना
माइग्रेनको समस्या सुरु भएको छ भने तपाईँले एकै समयमा पुदिनाको तेल सुँघ्नु भयो भने, यसले दुखाई बढ्नबाट रोक्न सक्छ ।
दालचिनी
दालचिनीले माइग्रेनको असहनीय पीडाबाट पनि राहत दिन्छ। यसलाई डेकोक्शनको रूपमा वा यसको पेस्ट टाउकोमा लगाउनाले आराम पाउन सक्नुहुन्छ ।
अदुवा
माइग्रेनको दुखाइ सुरु भयो भने अदुवाको टुक्रा मुखमा चपाउनुहोस् । आराम पाउनुहुनेछ । यसलाई चियाको रूपमा पनि पिउन सकिन्छ ।
एजेन्सी
Comments