हरियो भटमासमा पाइन्छन् यस्ता पोषक तत्व
हरियो भटमासमा प्रोटिन, क्याल्सियम, पोटाशियम, आइरन र भिटामिन बी जस्ता पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छन् । यसमा पाइने एन्टीअक्सीडेन्ट्सले शरीरलाई स्वस्थ राख्न एकदमै राम्रो भूमिका खेल्छ ।
हरियो भटमास खाँदा शरीरलाई धेरै प्रकारका फाइदाहरु हुन्छन् ।
- भटमासमा पाइने प्रोटिनले ग्लूकोजलाई नियन्त्रित गर्न सहयोग गर्छ । जसले गर्दा सुगर नियन्त्रणमा रहन्छ । यसको यस्तो गुण मधुमेहका विरामीहरुका लागि फाइदाजनक हुन्छ ।
- हरियो भटमास खाएर मुटु सुन्निने वा रक्तसञ्चार जस्तो समस्यालाई पनि निको बनाउन सकिन्छ । भटमासमा पाइने एन्टीअक्सीडेन्ट्सले मुटुलाई स्वस्थ राख्ने गर्छ ।
- हरियो भटमासमा फाइबर र प्रोटिन राम्रो मात्रामा पाइन्छ । जो तौल कम गर्नका लागि पनि फाइदाजनक हुन्छ । यसमा प्रोटिन एकदमै राम्रो मात्रामा पाइन्छ ।
- घुँडा दुख्ने, मांसपेशीहरु तथा कम्मरको दुखाईमा पनि यसको सेवन लाभदायक हुन्छ । यसमा हुने क्याल्सियम र मिनरल्सले हड्डीलाई स्वस्थ राख्ने काम गर्छ ।
- यसको सेवन गर्भवती महिलाले पनि गर्न सक्छन् । यसको नियमित सेवनले गर्भमा हुर्किरहेको बच्चाको राम्रो विकासलाई जोड दिन्छ ।
- कोलेस्ट्रोललाई नियन्त्रणमा ल्याउनका लागि पनि हरियो भटमासको सेवन राम्रो मानिन्छ । यसको नियमित सेवनले कोलेस्ट्रोलको मात्रा कम हुन्छ र साथमा शरीरको विकासमा पनि जोड दिन्छ ।
- मस्तिष्क विकासका लागि पनि हरियो भटमासको सेवन लाभकारी हुन्छ । यसमा हुने फस्फोरस दिमागका लागि फाइदाजनक मानिन्छ । यसले स्मरण शक्ति पनि बलियो बनाउँछ ।
एजेन्सी
Comments