बच्चामा ‘ह्याप्पी हर्मोन’ बढाउने तरिका

बच्चालाई सधैं खुशी राख्नु अभिभावकको जिम्मेवारी हुन्छ ।

उनीहरुलाई खुशी पारिरहँदा उनीहरुमा ‘ह्याप्पी हर्मोन’ बढ्छन् जसले उनीहरुलाई खुशी बनाउँछ ।

साथमा उनीहरुमा रिसाउने व्यवहारको विकास हुँदैन ।बच्चामा ह्याप्पी हर्मोन बढाउनका लागि निम्न टिप्स अप्नाउन सकिन्छ ।

बच्चालाई दिनभरमा धेरैपटक अंकमाल गर्ने र  प्रेम गर्नु आवश्यक हुन्छ । उनीहरुलाई आमाबुवाको प्रेम एकदमै धेरै चाहिन्छ । यसले उनीहरु आनन्द अनुभूति गर्नुका साथै खुशी हुन्छन् ।

उनीहरुको खानपानमा सेरोटोनिन धेरै भएका खाना जस्तै केरा, नट्स आदि सामेल गर्नुहोस् । यसले पनि बच्चाले खुशी महसुस गर्दछ ।

बच्चालाई उत्साहित गर्ने तथा उत्सुक गराउने खालका कुराहरु गर्नुहोस् । यसले उनीहरु खुशी हुँदै कुरामा ध्यान दिन्छन् ।

सकारात्मक कुराहरुले उनीहरुको डोपामाइन लेवललाई बढाउने काम गर्छ । त्यसैले जतिबेला पनि उनीहरुसँग सकारात्मक व्यवहार तथा कुराहरु गर्नुहोस् ।

बच्चालाई केहीबेर सूर्यको किरण वा घर बाहिर खेल्न प्रेरित गर्नुहोस् । सूर्यको रोशनीले सेरोटोनिन लेवललाई बुस्ट गर्ने काम गर्छ । यसले उनीहरुलाई घरबाहिर खेल्ने तथा अरुसँग घुलमिल हुने आत्मविश्वास जगाउँछ ।

बच्चासँग क्वालिटी समय बिताउनुहोस् किनकी यो बालापन फेरि फर्किँदैन । उनीहरुसँग सँगै खेल्ने, गीत गाउने, दौडने वा पढाईलेखाई गर्न सक्नुहुन्छ ।

मोबाइल वा टेलिभिजन भन्दा बाहिर यानिकी आउटडोर गेम्सहरु तथा शारीरिक क्रियाकलापमा व्यस्त राख्नुहोस् । यसले उनीहरुलाई तनावबाट पनि जोगाउँछ ।

यस्तै तरिकाले तपाईं आफ्नो बच्चामा ह्याप्पी हर्मोन प्राकृतिक रुपमा बढाउन सक्नुहुन्छ । जसले गर्दा बच्चाहरु सधैं खुशी रहन्छन् ।

एजेन्सी

Comments

Back to top