म्याद सकिएको मेकअप प्रयोग गर्दा छालामा हुने असरहरु
म्याद सकिएका खानेकुरा खान हुँदैन, किनकि यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यस्तै मेकअपका सामान पनि म्याद सकिएपछि प्रयोग गर्नु हानिकारक हुन सक्छ ।
त्यसैले मेकअपका सामानको पनि सधैँ म्याद सकिने मिति हेर्नुहोस् र मात्र प्रयोग गर्नुहोस् ।
कतिपय मेकअप सामग्री त्यस्ता हुन्छन् जो वर्षौंसम्म पुग्छन् । कतिपयले म्याद सकिएको ख्याल नगरी प्रयोग गर्ने गर्छन् । यसो गर्नु छालाका लागि एकदमै हानिकारक हुन सक्छ । यसले छाला ड्यामेज पनि हुन सक्छ ।
लामो समय एउटै मेकअप सामग्री प्रयोग गरिरहँदा ब्याक्टेरिया बन्न थाल्छन् । म्याद सकिएको सामग्री प्रयोग गर्दा त्यसमा अझै छिटो ब्याक्टेरिया बन्न थाल्छन् जुन तपाईंको छालाका लागि खतरनाक हुन सक्छ । यसले छालाका पोर्स बन्द गर्न सक्छ ।
सुख्खाको तुलनामा गिलो खालका मेकअप सामग्री छिट्टो बिग्रने गर्छन् । यस्ता सामग्री राखेको भाँडो ओसिलो हुने भएकाले यसमा किटाणु छिटो बन्न थाल्छन् । जसले गर्दा छाला चिलाउने, पोल्ने, डन्डीफोर आउने आदि हुन्छ ।
म्याद सकिएको सामग्रीको प्रयोगले छाला रातो हुने र र्यासेजहरु आउने समस्या हुन्छ । यसले छालामा सामग्रीको साइड इफेक्ट्स देखिन थाल्छन् ।
एजेन्सी
Comments