टी२० विश्वकप : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्योे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बोहराले समान १ विकेट लिए ।

अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदै अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ३५ रनाए ।

यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जोडे ।

अब नेपालले लिग चरणको दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्ने छ । नेपालले तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिकासँग र चौथो तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

एजेन्सी

Comments

Back to top