अत्यधिक गर्मीले भारतमा तीन दिनमा ५० जनाको मृत्यु

भारतमा भएको अत्यधिक गर्मीको कारणले तीन दिनमा ५० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेहरुमा ३३ जना उत्तर प्रदेश राज्यबाट छन् ।

यसरी मृत्यु हुनेहरुमा चुनावमा सहभागी भएकाहरु पनि भएको बीबीसीले उल्लेख गरेको छ । हरेक पाँच वर्षमा अप्रिल र मेमा चुनाव गर्ने भारतमा यहि महिनामा गर्मि ज्यादा हुने र यो वर्ष झनै भएको छ ।

यस्तै पछिल्ला ७२ घण्टामा हिट स्ट्रोकबाट ९९ जनाको मृत्यु भएको भारतको ओडिसाका अधिकारीहरु बताएका छन् । जसमा २० जनाको हिट स्ट्रोकबाट मृत्यु भएको पुष्टि भएको छ ।

एजेन्सी

Comments

Back to top