नखानुहोस् यी तीन खानेकुरालाई पुनः तताएर !

गर्मी होस वा जाडो हामीले खाना पकाएपछि वा बचेको खाना नबिग्रियोस् भनेर फ्रिजमा राख्ने गर्छौं । उक्त खाना पुनः तताएर खाने गर्छौं ।

तर, सबै खानेकुरा त्यसरी खानु खतरनाक पनि हुन सक्छ । त्यस्ता तीनवटा खानेकुरा छन् जसलाई पुनः तताएर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

चिया पटकपटक तताएर खानु हुँदैन । यसले एसिडिटी बढ्ने समस्या हुन सक्छ । यसले तपाईंको निद्राको साइकल पनि बिगार्न सक्छ ।

तेललाई पटकपटक तताएर प्रयोग गर्नु भनेको क्यान्सरको कारण बन्न सक्छ । जो स्वास्थ्यका लागि एकदमै खतरनाक मानिन्छ ।

हरियो तरकारी पनि सकेसम्म पुनः तताएर खानु हुँदैन। तरकारीमा भएको नाइट्रेस परिवर्तन भएर खराब तत्व बन्छ जसले नोक्सान गर्छ ।

एजेन्सी

Comments

Back to top