खुट्टा माथि राखेर सुत्दा हुने फाइदा
पूरा दिनको थकानपछि राम्रो निद्राको एकदमै धेरै आवश्यकता परिरहेको हुन्छ ।
हरेक मानिसको सुत्ने आफ्नै तरिका हुन्छ । यसरी नै कतिपय व्यक्ति खुट्टा माथि राखेर सुत्ने गर्छन् । यसका पनि आफ्नै फाइदाहरु छन् । खुट्टा माथि राखेर सुत्दा शरीरको रक्तसञ्चार राम्रो हुन्छ । यसले मुटुको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यसरी सुत्दा शरीरको हरेक अंगमा रगत राम्रोसँग पुग्छ ।
यदी तपाईंको शरीरमा वा खुट्टा सुन्निने समस्या छ भने रातमा सुत्नेबेला खुट्टा माथि गरेर सुत्नुहोस् । यसरी सुन्निएको समस्या पनि कम हुन्छ । यदी ढाड दुख्ने समस्या छ भने पनि तपाईं दुवै खुट्टा माथि गरेर सुत्नु पर्दछ । यसले ढाडमा हुने दुखाईबाट आराम मिल्छ ।
कुनै पनि मांसपेशीहरुको दुखाई भइरहेको छ भने पनि खुट्टा माथि राखेर सुत्नु फाइदाजनक हुन्छ । यसरी सुत्ने पोजिशनले मांसपेशीहरुको दुखाई र तनावलाई कम गर्छ ।
दिनभर हिँड्डुल गर्दा वा उभिँदा शरीरको सबैभन्दा दुख्ने भाग भनेको खुट्टा नै हुन्छ । जसले शरीरको सम्पूर्ण भार बोकिरहेको हुन्छ । यसरी खुट्टालाई सिरानीमाथि वा भित्तातिर माथि गरेर सुत्दा खुट्टाको दुःखाईबाट छिटो राहत पाउन सकिन्छ ।
एजेन्सी
Comments