गर्मीमा खानुहोस् आरुबखडा, हुन्छ धेरै फाइदा

गर्मी मौसम सुरु भएसँगै बजारमा आरूबखडा पनि किन्न पाइन्छ । यो फल खानमा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसका लाभका बारेमा जानौं–

  • आरूबखडामा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छन् । यसमा फाइबर, आइरन, पोटाशियम, भिटामिन ए, भिटामिन सी, भिटामिन बी आदि पोषक तत्वहरू राम्रो मात्रामा पाइन्छन् ।
  • गर्मीमा आरूबखडाको सेवन गर्दा शरीर शितल हुन्छ । यो फलले लूबाट पनि बचाउन सक्छ । यदी वाकवाकी, रिंगटा लाग्ने आदि समस्या छ भने पनि आरूबखडा खाँदा फाइदा गर्छ ।
  • यो फलले शरीरमा रगत बढाउन पनि सहयोग गर्छ । यसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ किनकी यो फलमा आइरन पाउन सकिन्छ ।
  • यदी शरीर सुन्निने तथा जोर्नीहरूमा दुखाई सुन्निने जस्तो समस्या छ भने पनि आरूबखडा खाँदा फाइदा गर्छ । यसले बाथ तथा युरिकएसिडबाट दुखेको अवस्थामा राहत दिन्छ ।
  • आरूबखडामा पाइने म्याग्नेशियम, पोटाशियम, सोडियम, फस्फोरस, क्याल्सियम, प्रोटिन र भिटामिन ए र सी हुने भएकाले यसले मांसपेशीहरूलाई पनि बलियो बनाउँछ ।
  • मधुमेहका बिरामीहरूका लागि पनि यो फल खानु एकदमै सुरक्षित हुन्छ । सीमित मात्रामा यसको सेवन फाइदाजनक हुन्छ । यो मौसमको फल भएकाले पनि यसमा विषादी राखेको हुँदैन त्यसैले यसको सेवन गर्नु फाइदाजनक हुन्छ । बच्चालाई पनि यो फल खुवाउन सकिनेछ ।

एजेन्सी

Comments

Back to top