तुलसीका बहुउपयोगी फाइदा

आयुर्वेदमा तुलसी औषधिय गुणका लागि भरिपूर्ण मानिन्छ । तुलसीको विरुवा घरमा रोप्नाले वातावरण शुद्ध हुन्छ । यसका अलवा पनि तुलसीबाट भरपूर फाइदा लिन सकिन्छ, जुन हामी चर्चा गर्दैछौँ ।

– तुलसीले प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँछ ।

– तुलसीको सेवनले रुघा, ज्वरो र दम जस्ता समस्यालाई कम गर्न मद्दत गर्दछ ।

– खोकी, बाथ दोष कम गर्न उपयोगी मानिन्छ ।

– पाचनशक्ति तन्दुरुस्त राख्नुका साथै भोक जगाउन मद्दतगार हुन्छ ।

– मलेरिया तथा ब्याक्टेरियल संक्रमणलाई भगाउँछ ।

– तुलसी पानी दैनिक पिउनाले दिमागको कार्यक्षमतामा वृद्धि हुन्छ ।

– टाउको दुखाई या माइग्रेनको समस्यामा उपयोगी हुन्छ ।

– पखाला लाग्दा पनि तुलसी पानी पिउने हो भने राहत मिल्छ ।

एजेन्सी

Comments

Back to top