नेप्सेमा २४.३९ अंकको वृद्धि, कारोबार ३ अर्ब ४० करोड!

सोमबार नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२० कम्पनीको कुल ९५ लाख ४१ हजार ०१७ कित्ता सेयरको करिब ३ अर्ब ४० करोड ८६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ, ८५ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक  बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा नारायणी डेभलपमेन्ट बैँक लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मान्डु हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सिवाइसी नेपाल लघुवित्त वित्तीय  संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.६५% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८० लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top