साधना लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर संस्थापक शेयरधनीहरूले खरीद गर्न नचाहेपछि सर्वसाधारण तथा संघसंस्थाहरूले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको शेयर संख्या भने खुलाएको छैन् ।

सो शेयर किन्न इच्छुकले ७ दिनभित्र आवश्यक कागजात सहित गोरखाको हरमटारीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

Comments

Back to top