एसी खोलेर सुत्दा हुने समस्या
दिनहुँ तापक्रम बढ्दै गइरहेको छ यस्तो अवस्थामा एसीको धेरै प्रयोग गरिन्छ । तर, लामो समय एसीमा बसिरहँदा स्वास्थ्य सम्बन्धी समस्या हुन सक्छन् ।
नियमित एसीमा बस्ने वा रातभर एसी खोलेर सुत्ने गर्नाले विभिन्न स्वास्थ्य समस्या हुन्छन् । यसबारेमा जानौं ।
एसी खोलेर रातभर सुत्दा टाउको दुख्ने समस्या हुन सक्छ । एसी चलिरहँदा यसको चिसो हावा विस्तारै टाउकोमा लगातार आइरहन्छ जसले गर्दा भारीपन महसुस हुन सक्छ ।
रातभर एसी खोलेर सुत्ने बानी छ भने यसले छालामा पनि नराम्रो असर पर्छ । जसले छाला सुख्खा र रुखो हुने र चमक पनि कम हुन्छ ।
लामो समयसम्म एसी खोलेर बस्ने बानीले हड्डी पनि कमजोर हुन सक्छन् । किनकि शरीरलाई लामो समय अत्यधिक चिसो वातावरणमा राखिरहँदा हड्डीसँग जोडिएका समस्या हुने सम्भावना धेरै हुन्छ ।
एसीमा लामो समय रहँदा शरीरमा प्राकृतिक हावा आउन पाउँदैन जसले गर्दा तपाईंलाई थकान महसुस हुन सक्छ । शरीरलाई ऊर्जावान बनाइराख्न प्राकृतिक ताजा हावाको आवश्यकता पर्दछ ।
कतिपयलाई लगातार एसीमा बसिरहँदा रुघाखोकी लाग्ने समस्या हुन्छ । साथमा दम तथा छातीमा अन्य समस्या भएका व्यक्तिलाई यस्तो समस्या अझै छिटो हुन्छ ।
एजेन्सी
Comments