हरेक दिन बिहान भिजाएको चना खादा चमत्कारी फाइदा
पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ । उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै महत्वपूर्ण तथा लाभदायक मानिन्छ । हरेक बिहान भिजेको चना चपाउनुका फाइदा यी हुन्ः
· भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ ।
· भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ।
· हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् । यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ ।भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ ।
· पटक पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ ? यदि त्यसो हो भने नियमित रुपमा रहेक बिहान भिजेको चना खाने गर्नुस् ।
· छालालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाद, धब्बा जस्ता समस्या कम गर्नका लागि पनि नियमित रुपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ ।
· चनामा पर्याप्त मात्रामा फस्फोरस लवण पाइन्छ जसले हेमोग्लोबिनको मात्रा बढाउँदछ साथै मृगौलालालाई समेत स्वस्थ राख्न सहयोग गर्दछ ।
· रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ ।
· भिजाएको चना नियमित खानाले शरीरमा मेटाबोलिज्म अर्थात् उर्जाको दहन तिब्र बन्दछ । जसका कारण रगतमा चिनीको मात्रा नियन्त्रण हुने र मधुमेहबाट जोगिन सहयोग पुग्दछ ।
· चना आइरनको राम्रो श्रोत हो । भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ ।
एजेन्सी
Comments