यी हुन् विश्वका अत्यधिक गर्मी हुने ठाउँ

विश्वमा तापक्रमको मात्रा बढ्दो छ। विश्वको तापमान रोक्न नसके मानवको अस्तित्व नै संकटमा आउने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। विश्वका अत्यधिक तापक्रम हुने स्थानहरु छन्, जहाँ जनवार समेत बाँच्न सक्दैनन्।

यी हुन् विश्वका अत्यधिक गर्मी हुने स्थान  

डेथ भ्याली, क्यालिफोर्निया, अमेरिका

अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्यालीको नाम अझै पनि तातो हावाका रुपमा रेकर्ड रहेको छ। १९१३ को गर्मीमा यहाँको तापक्रम ५६ दशमलव पाँच डिग्रीसम्म रहेको थियो। यहाँको औसत तापक्रम ४७ डिग्री सेल्सियस पुग्ने गरेको छ। 

अजिजियाह, लिबिया

लिबियाको राजधानी त्रिपोलीबाट २५ माइल टाढा अजिजियाह पृथ्वीको सबैभन्दा धेरै गर्मी हुने ठाउँ भएको दावी गरिएको थियो। १९२२ मा यहाँको तापक्रम ५८ डिग्री सेल्सियस रेकर्ड गरेको थियो। तर २०१२ मा मौसम विभागका अधिकारीहरुले यो विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ नभएको बताएका छन्। यहाँको औसत तापमान ४८ डिग्री सेल्सियस हुने गरेको छ।

दश्त ए लूट, इरान

यो मरुभूमि पृथ्वीको सबैभन्दा गर्मी ठाउँ मानिन्छ। २००३ देखि २००९ को बीचमा भूउपग्रहबाट लिएको त्यस क्षेत्रको तापक्रम ७० दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको थियो। यस क्षेत्रमा कुनै पनि प्राणी जीवित रहन सक्दैनन्। यहाँको औसत तापक्रम ४८ डिग्री सेल्सियससम्म रहन्छ।

वदी हल्फा, सुडान

यो सहर सुडानको लेक नबियाको किनारमा छ। उक्त स्थानमा गत वर्ष पानी परेन। यस ठाउँमा सबैभन्दा बढी गर्मी जून महिनामा हुने गर्छ। यस महिनामा यहाँको तापक्रम करिब ४१ डिग्री सेल्सियस हुन्छ। यहाँ १९६७ मा सबैभन्दा बढी गर्मी भएको रेर्कड राखिएको छ। त्यतिबेला त्यहाँको तापक्रम ५३ डिग्री सेल्सियस रहेको थियो।

तिरुत जवी, इजरायल

तिरुत जवी एसियाकै सबैभन्दा गर्मी ठाउँ मानिन्छ। १९४२ को जुनमा यहाँ ५४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। तर अहिले यस रेकर्डसम्बन्धी अनुसन्धानकर्ता क्रिस्टोफर सीले पटक पटक प्रश्न उठाइरहेका छन्। 

टिंबुकु, माली 

सहारा मरुभूमिको किनारमा रहेको यो स्थानको औसत तापमानमा ३० डिग्री सेल्सियस हुने गरेको छ। यहाँको सबैभन्दा बढी तापक्रम ४९ डिग्री मापन गरिएको छ।

केबिली, ट्युनिशिया 

यो स्थान गर्मी अत्यधिक हुने ठाउँ हो। यहाँको औसत तापमान ४० डिग्री रहने गरेको छ। यहाँ सबैभन्दा उच्च तापक्रम भने ५३ डिग्री सम्म पुगेको छ।

घाडामम्स लिबिया

विश्व सम्पदा सूचीमा रहेको यो मरुभूमिमा रहेको क्षेत्रको यो स्थानको औसत तापमान भने ४० डिग्री रहेको छ। यहाँको उच्च तापमान भने ५५ डिग्री मापन गरिएको छ। 

ब्याडर इ महाशाहर इरान

विश्वको अत्यधिक गर्मीको सूचीमा यो क्षेत्रलाई राखिएको छ। हावाको तापमान र सापेक्षिक आद्रताको जोडेर सन् २०१५ मापन गरिएको मापनमा यहाँको तापक्रम ७४ डिग्री रहेको जनाइएको छ।

एजेन्सी

 

Comments

Back to top