बंगलादेशमा अध्याधिक गर्मीका कारण विद्यालय बन्द, बिहीबारसम्म तापक्रम नघट्ने

बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि अत्यधिक तापक्रमका बावजुद लाखौं बालबालिकालाई सोमबारदेखि विद्यालयमा उपस्थित भई नियमित कक्षा सञ्चालनको वातावरण बनाउन सरकारले आग्रह गरेको थियो ।

वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्याथीहरू बिरामी परेका वा मृत्यु भएका खबरहरूपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो ।

पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४–५ डिग्री सेल्सियस बढी रहेको छ ।

सरकारले अप्रिलको सुरुदेखि नै अत्यधिक गर्मीका कारण कम्तीमा सात जनाको मृत्यु भएको र बिहीबारसम्म राजधानीको अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहने अनुमान गरेको छ ।

एजेन्सी

Comments

Back to top