हड्डी मजबुत बनाउन खानुस् यी ५ खानेकुरा

जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् ।यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ ।

बदाम :बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा भएको क्याल्सियम, भिटामिन ई, ओमेगा ३ फ्याट्टी एसिड र फस्फोरस हुन्छ र यी तत्त्वले हाड बलियो बनाउँछन् ।

फर्सीको बियाँ :हुन त कमै मान्छेलाई मात्र फर्सीको तरकारी मन पर्छ तर यसका भएका केही पोषक तत्त्व अरू तरकारीमा पाइँदैन । फर्सीको बियाँमा फोस्फोरस प्रचूर मात्रामा पाइने हुनाले हाडलाई बलियो बनाउँछ ।

गहुँको पाउरोटी : हाड बलियो बनाउनुछ भने आहारमा गहुँको पाउरोटी समावेश गर्नुस् । यसमा धेरै फोस्फोरस हुन्छ ।

माछा : मांसाहारी हुनुहुन्छ भने माछा खाने गर्नुस् । यसमा भएको भिटामिन, खनिज र फोस्फोरस जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ ।

गेडागुडी :गेडागुडीले पनि हाड बलियो बनाउँछ । आहारमा यसलाई समावेश गर्नुस् ।

एजेन्सी

Comments

Back to top