पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय सुनाइएको छ ।

जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

उनीमाथि पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर जनाएको आरोपमा उनी ०७६ असोजमा पक्राउ परेका थिए ।

एजेन्सी

Comments

Back to top