लुम्बिनीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो

लुम्बिनी प्रदेशका ७ जना विनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय धर्मबहादुर चौधरीलाई, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेतलाई र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ ।

र, मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

एजेन्सी

Comments

Back to top