इरानविरुद्ध जवाफी हमला गरे इजरायललाई समर्थन नगर्ने अमेरिकाको चेतावनी

अमेरिकाले इजरायललाई इरानविरुद्ध जवाफी हमला गरे समर्थन नगर्ने बताएको छ ।

शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो।

इरानमा जवाफी हमलाको तयारी गरिरहेको बेला ह्वाइट हाउसले इजरायललाई समर्थन नगर्ने चेतावनी दिएको हो । यससँगै इजरायललाई झट्का लागेको छ। अमेरिका इजरायलको सबैभन्दा ठुलो समर्थक देश हो।

इरानले गत अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा शनिबार हमला गरेको जनाएको छ ।

इरानले प्रहार गरेका लगभग सबै हमलाकारी ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले आकाशमै ध्वस्त बनाएका थिए।

एजेन्सी

Comments

Back to top