सागर डिष्टिलरीले डाक्यो साधारण सभा, आईपिओ जारी गर्ने प्रस्ताव राखिने

सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यको शेयर (आईपिओ) जारी गर्ने प्रस्ताव राखेर विशेष साधारण सभा (एसजीएम) डाकेको छ ।

सभा वैशाख १५ गते शनिबार कम्पनीको रजिष्टर्ड कार्यालयमा बेलुका ४ बजेदखि सुरु हुनेछ । कम्पनीको चैत्र २९ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६ (१) (ख) संशोधन गर्ने, प्रिमियममा आईपिओ जारी गर्ने र अख्तियारी प्रदान गर्ने एजेण्डा रहेका छन् ।

एजेन्सी

Comments

Back to top