बच्चाको दिमाग तेज गर्न अपनाउनुहोस् यी उपाय

बच्चाको शारीरिक तथा मानसिक विकासका लागि अभिभावकले उनीहरुलाई पोषणमा एकदमै ध्यान दिने गर्छन् ।

यस्तोमा बच्चाको दिमाग तेजिलो बनाउनका लागि उनीहरुको दैनिकीमा केही त्यस्ता चिजहरु समावेश गराउनुहोस् जसले उनीहरु बलियोसँगै बुद्धिमानी पनि हुनेछन् ।

खेल

बच्चाका लागि त्यस्ता खेलौना रोज्नुहोस् जसले उनीहरुको सिर्जनशीलता बढोस् । जस्तै ब्लक्स, पजल्स र संगीत भएका खेलौना आदि ।

यसले बच्चाहरुको सिर्जनशीलता बढाउँछ । जसले गर्दा उनीहरुको दिमाग तेजिलो हुन्छ । यसबाहेक बच्चालाई मोबाइलबाट टाढा राख्नुहोस् ।

सही खाना

तपाईं बच्चाको खानपानमा नट्स, फलफूल, जुस, तरकारी, साग जस्ता पोषक भएका खानेकुराहरु अवश्य समावेश गराउनुहोस् ।

यदि बच्चाले सिधै खाँदैन भने त्यसलाई रोचक तरिकाले भए पनि बनाएर खुवाउने कोसिस गर्नुहोस् ।

रुँदा के गर्ने

यदि बच्चा रोइरहेको छ भने उसलाई अंगालोमा राखेर शान्त गराउनुहोस् । यस्तो गर्दा बच्चाको दिमागमा सकारात्मक असर पर्दछ । जसले गर्दा दिमागको विकासमा सहयोग पुग्छ ।

योग

बच्चालाई खानपानसँगै योग पनि सिकाउनुहोस् । वा उनीहरुलाई शारीरिक क्रियाकलापमा पनि जोड दिनुहोस् । यसले उनीहरुको शारीरिक र मानसिक दुवै विकासमा सकारात्मक असर पर्छ ।

किताब पढ्ने

बच्चाको दिमागलाई तेजिलो बनाउन अध्ययन गर्न उत्साहित गराउनुहोस् । किताब पढ्न धेरै बच्चाले नमान्न सक्छन् यसका लागि तपाईं पनि उनीहरुसँगै बसेर पढ्न सक्नुहुन्छ । जसले गर्दा उनीहरु पनि पढ्ने कोसिस गर्नेछन् ।

मालिस

बच्चाको शरीरमा दैनिक वा हप्तामा दुई तीन पटक अवश्य मालिस गर्नुहोस् । रातमा सुत्नुअघि मालिस गर्नाले उनीहरुको शरीरको थकान मेटिनुका साथै दिमाग पनि शान्त हुन्छ जसले गर्दा उनीहरु शान्तसँग सुत्न सक्छन् ।

एजेन्सी

Comments

Back to top