वास्तु अनुसार काम गर्ने टेबलमा राख्न नहुने चीज

कैयौंपटक हाम्रो काममा मन लागिरहेको हुँदैन वा काममा प्रायः गल्तीहरु हुने गर्छन् । कहिलेकाँही यस्तो हुनु स्वभाविक हो तर पटक पटक यस्तो हुन्छ भने तपाईं अलिकति सतर्क हुन आवश्यक छ ।

कहिलेकाँही सानो सानो वास्तुको समस्याले पनि यस्ता समस्याहरु निम्त्याउन सक्छ । त्यसैले विशेषगरी काम गर्ने टेबललाई लिएर ध्यान दिनु जरुरी हुन्छ ।

वास्तुअनुसार कैयौं त्यस्ता नियमहरु हुन्छन् जो हामीलाई थाहा हुँदैन । तर वास्तुअनुसार काम गर्ने टेबलमा पनि के के राख्ने के नराख्ने भनेर नियमहरु बनेका छन् । जसलाई ध्यान दिनुभयो भने तपाईंलाई काम गर्न पनि सजिलो हुनेछ ।

खराब सामग्री

कहिलेकाँही कुनै स्टेशनरी जस्तै पेन, कागत आदि खराब भइसकेका हुन्छन् तर यस्तो चीजलाई हामीले टेबलमा यत्तिकै छोड्ने गर्छौं । यसलाई तपाईंले तुरुन्तै सही गर्न जरुरी हुन्छ ।

यदी तपाईं खराब भइसकेका तथा बिग्रीएका काम नलाग्ने चीजहरुलाई काम गर्ने टेबलमा राखिरहनुहुन्छ भने यसले काम गर्ने क्षमतालाई नै खराब असर गर्न सक्छ ।

यस्ता तस्वीर नराख्ने

प्रायः मानिस आफ्नो काम गर्ने टेबललाई सजाउनका लागि केही तस्वीरहरु राखेका हुन्छन् । तर तपाईंले काम गर्ने टेबलमा त्यस्ता कुनै पनि तस्वीर राख्नु हुँदैन जसले पुरानो कुराहरु याद आओस् । संसारमा नभएको वा मरिसकेको व्यक्ति चाहे त्यो तपाईं जति नै नजिक होस्, तपाईंले भूत कालमा प्रेम गरेको व्यक्ति जो अब तपाईंसँग टाढा छ आदि जस्ता तस्वीरहरु काम गर्ने टेबलमा राख्नु हुँदैन ।

ऐना नराख्ने

कहिल्यै पनि आफूले काम गर्ने टेबलमा कुनै प्रकारको ऐना राख्नु हुँदैन । यसो गरेमा टेबलमा राखेको ऐनाले नकारात्मकता पैदा गर्न सक्छ जसले तपाईंको काम गर्ने क्षमतामा असर पार्छ । यसले तपाईंको मनमा नकारात्मक भावना ल्याउने तथा मनमा उदासिनता पैदा गर्न सक्छ ।

टेबलक्लोथ

कतिपयले टेबललाई सजाउनका लागि काम गर्ने टेबलमा कपडा पनि बिछ्याउने गर्छन् । यस्तो बिछ्याउनु त गलत हुँदैन तर यदी कपडा फोहोर छ वा फाटेको छ भने पनि तुरुन्तै हटाउनुहोस् । राख्नुपरेमा सफा तथा नफाटेको कपडा नै राख्नुपर्छ ।

Comments

Back to top