यस्तो ग्रह, जहाँ सात दिनमै एक वर्ष पूरा हुन्छ

खगोलविदहरुले बृहस्पती ग्रहजस्तै आकार भएको एक नयाँ ग्रह फेला पारेका छन् ।

यो ग्रह अत्यन्तै तातो हुनुका साथै यसको घनत्वले समेत वैज्ञानिकहरुलाई अचम्ममा पारेको छ । बृहस्पति जत्रै आकारको हुनुका बाबजुत यो ग्रहको वजन बृहस्पतिको भन्दा १३ गुणा धेरै छ ।

हाम्रो सौर्यमण्डल बाहिर फेला परेको उक्त ग्रहको नाम  TOI-4603b राखिएको छ । बृहस्पति आकारको यो ग्रहको वजन बृहस्प्तिभन्दा १३ गुणा धेरै छ । त्यस्तै घनत्व बृहस्पतिको भन्दा ९ गुणा र पृथ्वीको भन्दा ३ गुणा धेरै छ ।

आफ्नो सूर्यको निकै नजिक रहेको यो ग्रहले ७.२५ दिनमा आफ्नो सूर्यको एकपटक परिक्रमा गर्दछ । अर्थात् उक्त ग्रहमा सबा ७ दिनको एक वर्ष हुन्छ ।

यो ग्रहको यहीँ विशेषताले वैज्ञानिकहरुलाई अचम्ममा पारिदिएको छ । एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स लेटर्स नामक जर्नलमा सो ग्रहका विषयमा रिपोर्ट प्रकाशित छ ।

भारतीय खगोलविद आकांक्षा खंडेलवालले उक्त ग्रहको खोज गरेकी हुन् । यो अहिलेसम्म फेला परिएको सबैभन्दा ठूलो र सबैभन्दा धेरै घनत्व भएको ग्रह हो । एजेन्सी

Comments

Back to top