मुटुको स्वास्थ्यदेखि मधुमेह नियन्त्रणमा फाइदाजनक मसुरोको दाल

विभिन्न दालमा कैयौं प्रकारका पोषक तत्वहरु हुन्छन् । त्यसो त सबै दाल स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।

तर आज हामी मसुरोको दालका फाइदाका बारेमा बताउनेछौं । जसलाई नियमित रुपमा हामीले खाने पनि गर्दछौं ।
मसुरो दाललाई रातो दाल पनि भन्ने गर्छन् । यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । मसुरो दालमा भरपूर मात्रामा फाइबर पाइन्छ, जसले मानिसलाई मुटु सम्बन्धी समस्याहरुबाट बचाउने गर्छ।

मसुरो दालमा आइरन, प्रोटिन, फाइबर, मिनरल्स तथा कार्बोहाइडे«ट जस्तो कैयौं पोषक तत्वहरु पाइन्छन् । यो स्वादिष्ट दालमा क्यालोरी पनि एकदमै कम हुन्छ जसले गर्दा तौल नियन्त्रण गर्न पनि सहयोग हुन्छ ।

मसुरोको दालमा भरपूर मात्रामा फाइबर हुने भएकाले यो मधुमेहका रोगीहरुका लागि पनि फाइदाजनक हुन्छ । यस्तोमा यदी तपाईं पनि मधुमेहले ग्रस्त हुनुहुन्छ भने खानपानमा मसुरोको दाललाई अवश्य समावेश गर्नुहोस् ।

मसुरोको दालले हड्डी बलियो बनाउन पनि सहयोग गर्छ । यदी तपाईंको उठ्दा बस्दा हड्डीबाट चटचट आवाज आउँछ भने पनि दैनिक रुपमा मसुरोको दालको सेवन गर्न सक्नुहुन्छ । यस दालमा क्याल्सियम तथा म्याग्नेसियम भरपूर मात्रामा हुने भएकाले हड्डी बलियो बनाउन पनि सहयोग गर्छ ।

त्यस्तै, मसुरोको दालमा म्याग्नेशियम, फाइबर तथा आइरन जस्ता पोषक तत्व हुने भएकाले मुटुको स्वास्थ्यका लागि पनि यो दाल राम्रो विकल्प हो । म्याग्नेसियमले शरीरमा रगत, अक्सीजन तथा न्यूट्रिएन्ट्सहरुलको फ्लोलाई सुधार्ने गर्छ । यसले मुटु सम्बन्धी रोगहरु हुने खतरा कम हुन्छ ।

मसुरोको दालमा एन्टीअक्सीडेन्ट्स पनि पाइने भएकाले यसले छालाको पनि सुरक्षा गर्छ । मसुरोको दाल नियमित सेवन गरेमा छालामा हुने समस्याहरुबाट बच्न सकिन्छ ।

त्यस्तै, यदी तपाईं तौल कम गरिरहनु भएको छ भने पनि यो दाललाई आफ्नो नियमित खानपानमा समावेश गराउन सक्नुहुन्छ । यसमा फाइबर र प्रोटिन धेरै हुन्छ तर क्यालोरी कम हुने भएकाले तौल कम गर्नका लागि सही सावित हुन्छ । एजेन्सी

Comments

Back to top