महिलाको स्वास्थ्यका लागि बेथेको सागका फाइदा

बेथेको सागमा भिटामिन ए, क्याल्सियम, फस्फोरस र पोटाशियम पाइन्छ । यो सागलाई पोषक तत्वहरु खजाना नै मानिन्छ ।

यसमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा पाइन्छ । यसको सेवनले विभिन्न रोगहरुको जोखिम पनि कम गर्न सकिन्छ । महिलाहरुका लागि बेथेको सागमा कति फाइदा छन् जानाैँ।

  • यो सागमा हुने गुणले लिवरमा भएको टक्सिन्सलाई बचाउने काम गर्छ । यसको नियमित सेवनले लिवरको स्वास्थ्य राम्रो हुन्छ ।
  • यो सागमा फाइबर एकदमै राम्रो मात्रामा पाइन्छ । यस्तोमा महिलाहरुका लागि कब्जियतको समस्याबाट पनि राहत दिन सक्छ ।
  • बेथेको सागको सेवनले पेटको सम्पूर्ण स्वास्थ्य राम्रो हुन्छ । यसले ग्यास, अपच, एसिडिटी आदि समस्याहरुबाट पनि निजात दिन्छ ।
  • जो महिलाहरु तौल कम गर्न चाहिरहेकी छन् तिनीहरुका लागि यो साग वरदान सावित हुन्छ । यसमा क्यालोरी एकदमै कम हुन्छ जसले गर्दा यसको सेवनले तौल कम गर्न सहयोग पुग्छ ।
  • बेथेको सागमा प्रभावकारी एन्टीपे्रट्रिक एजेन्ट हुन्छ यसको सेवनले छालामा हुने ¥यासेज तथा जलनको समस्या कम हुन्छ ।
  • त्यस्तै महिलाहरुमा रगतको कमी हुने एकदमै आम समस्या हो । आइरन र फोलिक एसिडले भरपूर बेथेको सागको सेवनले रगतको कमी हुँदैन ।

Comments

Back to top