देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत नि:शुल्क उपचार हुने

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत नि:शुल्क उपचार हुने बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाण्डौ महानगर आउन अनुरोध गरेका हुन् ।

महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया नि:शुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उनले बिरामीको आवश्यकताअनुसार नि:शुल्क उपचार हुने बताएका हुन् । 

Comments

Back to top