वित्तीय सङ्कटको सामना गरेको श्रीलङ्कामा आर्थिक पुनरुत्थान

सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय वित्तीय सङ्कटको सामना गरेको श्रीलङ्कामा आर्थिक पुनरुत्थान भएको श्रीलङ्का सरकारले शनिबार जनाएको छ ।

कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो ।

सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतले खुम्चिएको छ ।

“सन् २०२३ मा श्रीलङ्काको अर्थतन्त्रले द्वैतताको अनुभव गरेको छ”, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ ।

“पर्यटनमा लामो समयदेखि प्रतिक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर आएको छ” विभागले भनेको छ, “कामदारको रेमिटेन्समा पनि सुधार आएको छ ।”

गत डिसेम्बरमा श्रीलङ्का घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको ९१ हजार ९०० को तुलनामा दोब्बरभन्दा बढी हो ।

श्रीलङ्काले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्एएमएफ) बाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिइरहेको छ र ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग छलफल गरिरहेको छ।

 

 

Comments

Back to top