चीनको 'अलिबाबा' कम्पनीले दक्षिण कोरियामा १ अर्ब १ करोड डलर लगानी गर्ने

चीनको ई–कमर्स कम्पनी 'अलिबाबा' ले दक्षिण कोरियामा एक अर्ब एक करोड डलर लगानी गर्ने भएको छ ।

दक्षिण कोरियाको योन्हप समाचार एजेन्सीका अनुसार अलिबाबाले तीन वर्षभित्रमा एक अर्ब डलरभन्दा धेरै लगानी गर्ने भएको हो । पहिलो चरणमा यो वर्ष २० करोड रुपैयाँ लगानी गरेर 'लजिस्टिक सेन्टर' बनाउने खबरमा उल्लेख छ । अलिबाबाले आफ्नो व्यापार रणनीतिअनुसार दक्षिण कोरियाली अनलाइन बजारमा देखिएका कमजोरीलाई अध्ययन गर्ने र आफ्नो कम्पनीले त्यस्ता कमजोरी हटाएर सेवा दिने प्रयास गरिरहेको छ ।

यस्तै अलीबाबले सानो र मध्यम आकारका दक्षिण कोरियाली कम्पनीहरूलाई आफ्नो सामान बेच्न १० करोड डलर खर्च गर्नेछ । दक्षिण कोरियामा उपभोक्ताकाे बढ्दो गुनासोको बारेमा अलिबाबाको ई–कमर्स प्लेटफर्म 'अली एक्सप्रेस' ले अध्ययन गरिरहेको छ, अध्ययनपछि उपभोक्ताको मन जित्ने क्षेत्रमा लगानी लगाउने तयारी छ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा दक्षिण कोरियामा 'अली एक्सप्रेस' प्रयोगकर्ताको सङ्ख्या ७० लाख जनाभन्दा धेरै रहेको छ ।

Comments

Back to top