जर्मनीको मल्टी–बिलियन–युरो अनुदान योजना सुरु

जर्मनीले मंगलबार ‘नवप्रवर्तनशील’ मल्टी–बिलियन–युरो अनुदान योजना सुरु गरेको छ । यसको उद्देश्य युरोपको शीर्ष अर्थतन्त्रमा औद्योगिक उत्पादनलाई थप जलवायुअनुकूल बनाउने टर्बोचार्जिङ लगानी गर्नु हो ।

ऊर्जामन्त्री रोबर्ट ह्याबेकले कार्यक्रमको पहिलो चरणमा चार अर्ब युरो (चार अर्ब ४० करोड अमेरिकी डलर)को लगानी गरिने जानकारी दिए । यसमा ग्लास, स्टिल र कागज बनाउनेजस्ता ऊर्जा–गहन क्षेत्रका कम्पनीहरूलाई उत्सर्जन कटौती गर्न हरित प्रविधि परियोजनाको प्रस्ताव प्रस्तुत गर्न आमन्त्रण गरिनेछ ।

‘हामी यसलाई प्रस्तुत गर्ने पहिलो औद्योगिक मुलुक हौँ’, ह्याबेकले पत्रकार सम्मेलनमा भने । उनले उक्त योजनालाई ‘अभिनव र नयाँ उपकरण’ भने ।

Comments

Back to top