निद्राको कमीले हुन सक्छन् यस्ता समस्या

अहिलेको भागदौडपूर्ण जीवनमा निद्रा नलाग्नु एउटा मुख्य समस्या हुन थालेको छ । निद्राको कमीले अन्य खालका रोग पनि लाग्न सक्छन् । जसको बारेमा समयमै जानेर सावधानी अपनाउनु राम्रो हुन्छ ।

निद्राको कमीले शरीरमा विभिन्न प्रकारका समस्या हुन थाल्छन् । यसले एन्जाइटी र तनाव त हुन्छ नै साथमा पाचन सम्बन्धी समस्या पनि हुन थाल्छ ।

निद्रा पूरा नहुँदा मोटोपनको समस्या पनि हुने गर्छ । मोटोपनले गर्दा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको खतरा बढ्छ ।

राम्रो स्वास्थ्यका लागि कम्तीमा ७ देखि ८ घण्टाको निद्रा एकदमै जरुरी हुन्छ । यसबाहेक सुत्ने र उठ्ने समय पनि निश्चित गराउनु पर्दछ । यसले स्लीप साइकल राम्रो हुन्छ ।

राति सुत्नुअघि क्याफिनयुक्त पदार्थ जस्तै चिया कफीको सेवन पनि गर्नु हुँदैन । यसले निद्रा प्रभावित पार्न सक्छ । निद्राको कमीले थकान महसुस हुन्छ जसले गर्दा दिनभर काममा जाँगर लाग्दैन ।

यदि तपाईंलाई समयमा निद्रा नलाग्ने समस्या छ भने नियमित रुपमा कसरत गर्नुहोस् । यसले शरीरमा थकान महसुस हुन्छ जसले गर्दा समयमै र राम्रो निद्रा लाग्छ ।

Comments

Back to top