भारतीय प्रधानमन्त्री मोदीद्वारा कोलकातामा देशको पहिलो अन्डरवाटर मेट्रोको उद्घाटन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कोलकातामा देशको पहिलो अन्डरवाटर मेट्रोको उद्घाटन गरेका छन् ।

यो मेट्रो जमिनबाट ३३ मिटर मुनि र हुगली नदीको सतहभन्दा १३ मिटर तल बनाइएको ट्र्याकमा चल्नेछ।

सन् १९८४ मा देशको पहिलो मेट्रो रेल कोलकाता उत्तर-दक्षिण कोरिडोर (ब्लू लाइन)मा दौडिएको थियो। त्यसको ४० वर्षपछि देशको पहिलो पानीमुनि मेट्रो रेल यहीँबाट फेरि चल्ने भएको छ ।

यसका लागि हावडा स्टेशनदेखि महाकरण स्टेशनसम्म ५२० मिटर लामो सुरुङ निर्माण गरिएको छ, जसमा दुईवटा ट्र्याक राखिएको छ।

मेट्रो ट्रेनले ८० किलोमिटर प्रतिघण्टाको गतिमा ४५ सेकेन्डमा यो सुरुङ पार गर्नेछ। यसले हावडा र कोलकाताको कनेक्टिभिटीमा सुधार गर्नेछ।

दैनिक ७ देखि १० लाख मानिसको आवतजावत सहज हुनेछ ।

Comments

Back to top