मह र ल्वांगको मिश्रणबाट मिल्छ यस्ता फाइदा
महमा एन्टीअक्सीडेन्ट्स एकदमै धेरै पाइन्छन् । त्यस्तै ल्वांगमा पनि म्याग्नीज, भिटामिन के, आइरन, प्रोटिन जस्ता आवश्यक पोषक तत्वहरु पाइन्छन् । यी दुबैलाई साथमा मिसाएर खाँदा पनि स्वास्थ्यमा विभिन्न फाइदाहरु पाउन सकिन्छ ।
खोकी
यदी तपाईं खोकीले ग्रस्त हुनुहुन्छ भने तपाईं सुत्नु अघि महसँग दुईवटा ल्वांग खानुहोस् । यसले कफबाट राहत पाउन सकिन्छ ।
तौल
यदी तपाईं तौल कम गर्न चाहनुभएको छ भने बिहानको समयमा तपाईं ल्वांगसँग मह सेवन गर्नुहोस् । यसले मेटाबोलिज्म बुस्ट हुन्छ ।
मुखको घाउ
ल्वांगमा भएका एन्टी इन्फ्लामेटरी तथा एन्टीसेप्टिक गुणहरुले मुखमा हुने घाउहरुलाई निको पार्छ । ल्वांग र महको मिश्रण घाउमा लगाउने तथा खाने गरेमा निको हुन्छ ।
स्वस्थ लिवर
मह र ल्वांगको मिश्रणले लिवरलाई डिटक्सीफाइ गर्न पनि सहयोग गर्छ । यी दुबैलाई साथमा खाँदा लिवरको स्वास्थ्य पनि राम्रो हुन्छ ।
पाचन प्रणाली
महमा प्रीबायोटिक तथा प्रोबायोटिक गुणहरु पाइन्छन् । यसलाई ल्वांगसँग खाँदा पाचन प्रणालीमा पनि सुधार हुन्छ र पाचन प्रक्रिया बलियो हुन्छ ।
छालाका लागि
यी दुबैको मिश्रण छालाका लागि पनि एकदमै लाभदायक हुन्छ । यो मिश्रणलाई खाँदा छालामा चमक आउनुका साथै मोइस्चर पनि दिन्छ ।
Comments