बच्चालाई सानैदेखि सिकाउनुहोस् यस्ता स्वस्थ बानी
बच्चाहरूलाई सिकाउने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई सुरुदेखि नै सिकाउनु हो, त्यसैले केही बानीहरु आमाबाबुले उनीहरुलाई सुरुदेखि नै सिकाउनु पर्छ, जुन बच्चाको स्वस्थ बानी बन्न पुग्छन् ।
बाल्यकालमा स्वस्थ बानी सिकेर, बच्चाहरूले यसलाई सधैंभरि दिनचर्याको रूपमा पालन गर्न थाल्छन् । आउनुहोस्, जान्नुहोस् कुन बानीहरू सुरुदेखि नै सिकाउनुपर्छः
-बालबालिकाको स्वस्थ बानीमा बिहान उठ्नासाथ फ्रेस हुन सिकाउनुपर्छ । यी बानी अपनाएपछि बालबालिका सक्रिय रहन्छन् । बिहान उठ्नेवित्तिकै शौचालय जाने, ब्रस गर्ने र नुहाउने बानी अपनाउनु पर्छ ।
-बिहानैदेखि पानी पिउने बानी बसाल्नुहोस् । बालबालिकालाई बिहान तातो पानी खुवाउनुहोस्, जसले गर्दा उनीहरुको शरीरलाई डिटक्सिफिकेसन गर्न सकिन्छ । बाल्यकालदेखिको यो बानीले ठुलो हुँदा पनि धेरै फाइदा गर्छ ।
-मोबाइलमा पढ्नुको सट्टा, बच्चाहरूलाई किताब पढ्न लगाउनुहोस् । यसोगर्दा उनीहरुलाई राम्रो निन्द्रा लाग्छ । राति सुत्नुअघि बालबालिकाको हातमा मोबाइल कहिल्यै नदिनुहोस् ।
-बालबालिकालाई आफ्नो मनको कुरा गर्न उत्प्रेरित गर्नुहोस् । यसो गर्दा बालबालिकाले आफ्ना समस्याहरू सुनाउँछन् । आफ्ना कुरा लुकाउँदैनन् । यस तरिकाले तपाईंले बच्चाहरूको सही र गलत आनिबानी छुट्याउन सक्नुहुन्छ ।
Comments