भारतको औद्योगिक उत्पादन बढ्यो

भारतको औद्योगिक उत्पादन बढेको छ । सार्वजनिक भएको औद्योगिक उत्पादन सूचकांकसम्बन्धी सरकारी तथ्यांकले भारतको कारखाना गतिविधि बढेको देखाएको छ । सन् २०२३ को डिसेम्बर महिनामा औद्योगिक उत्पादन तीन दशमलव आठ प्रतिशतले बढेको छ ।

डिसेम्बरमा खानी, उत्पादन र विद्युत् क्षेत्रको उत्पादनमा गुणात्मक वृद्धि भएको तथ्यांकले देखाएको छ । प्राथमिक वस्तुको सूचक एक सय ५१ दशमलव सात रहेको छ भने पुँजीगत वस्तुको एक सय तीन दशमलव तीन छ । यस्तै मध्यवर्ती वस्तुको लागि एक सय ५९ दशमलव ती र पूर्वाधार र निर्माण सामग्रीको लागि एक सय ७७ दशमलव नौ रहेको छ । डिसेम्बरमा उपभोक्ता टिकाउ सूचकांक एक सय १४ र उपभोक्ता गैरटिकाउ वस्तुहरूको सूचकांक एक सय ७८ पुगेको छ ।

 

Comments

Back to top