राष्ट्रसंघीय खाद्य निकायद्वारा अफगानिस्तानका लागि सहायता कटौतीको घोषणा

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बजेट अभावका कारण अफगानिस्तानलाई दिँदै आएको सहायता कटौती गर्ने घोषणा गरेको खामा प्रेसले बताएको छ ।

सोमबार प्रकाशित भिडियोमा डब्लुएफपीले कडा जाडो मौसममा बजेट अभावका कारण करिब एक करोड मानिसलाई खाद्य सहायता घटाउन बाध्य हुनुपरेको बताएको छ । साथै उसले अन्तर्राष्ट्रिय निकायहरूसँग हालको जाडोमा अफगानिस्तानका जनतालाई सहयोग गर्न आह्वानसमेत गरेको छ । डब्लुएफपीले अफगानहरूलाई पहिलाभन्दा धेरै सहयोगको आवश्यकता रहेकामा जोड दिएको छ ।

खामा प्रेसको रिपोर्टअनुसार विश्वको सबैभन्दा खराब खाद्य असुरक्षा भएका आठ मुलुकमध्ये अफगानिस्तान पनि एउटा रहेको उक्त सङ्गठनले जनाएको छ । अफगानिस्तानका जनता अहिलेको चिसो मौसमको सुरुआतबाट नराम्रोसँग प्रभावित भएको पनि उसले बताएको छ ।

Comments

Back to top