राष्ट्रसंघीय महासभाद्वारा सन् २०२४ को नियमित बजेट स्वीकृत
संयुक्त राष्ट्रसंघीय महासभाले आगामी बर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३.५९ अर्ब अमेरिकी डलरको वार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले आइतबार जानकारी गराएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा बढि हो । सन् २०२३ को बजेट लगभग ३.४ अर्ब डलर थियो ।
नियमित बजेटले राजनितिक मामिला अन्तराष्ट्रिय न्याय , क्षेत्रीय सहयोग तथा मानव अधिकार ,सार्वजनिक सूचना लगायतका गतिविधिहरु समेट्छ ।
संयुक्त राष्ट्रसंघमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीय चक्र जुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेण्डर वर्षलाई समेट्छ ।
Comments