एमाले सांसद कोइरीको निलम्बन फुकुवा
नेकपा एमालेका सांसद लक्ष्मी कोइरीको निलम्बन फुकुवा भएको छ ।
सभामुख देवराज घिमिरेले महोत्तरी– १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरीको निलम्बन फुकुवा गरेका हुन् ।
कोइरीले आज नै संसद सचिवालयमा निलम्बन फुकुवाको माग गर्दै निवेदन दिएका थिए ।
आफू अदालतबाट निर्दोष सावित भइसकेको भन्दै उनले आइतबार दिउँसो सचिवालयमा गएर निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।
फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा परेका थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।
Comments