गाजामा सुरक्षित पिउने पानीको अभावले धेरै बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफको चेतावनी

गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिएकी हुन् ।

“पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो”, युनिसेफकी कार्यकारी निर्देशक रसेलले भनिन्, “गाजाका बालबालिकाले ‘थोपा थोपा’ मात्र स्वच्छ पानी पिउन पाएका छन् । यसका कारण बालबालिका र उनीहरूका परिवारले असुरक्षित स्रोतहरूको पानी प्रयोग गरिरहेका छन् जुन अत्यधिक प्रदूषित छ । सुरक्षित पानीको अभावमा आगामी दिनमा अझ धेरै बालबालिका अभाव र रोगका कारण मर्नेछन् ।”

युनिसेफका अनुसार दक्षिणी राफा प्रान्तमा हालै विस्थापित बालबालिकासँग दैनिक डेढदेखि दुई लिटर मात्र पानी छ र स्वच्छ खानेपानीको सेवा ‘अवरूद्ध अवस्थामा’ छ ।

युनिसेफले बालबालिकामा झाडापखाला, रोग र कुपोषणको जोखिम बढी हुने भएकोले यस अवस्थाको असर विशेष गरी चिन्ताजनक रहेको चेतावनी दिएसँगै गाजामा आधारभूत पानी र सरसफाइ सेवा प्रदान गर्ने कम्तीमा ५० प्रतिशतसरसफाइका सेवाहरू पनि क्षतिग्रस्त वा नष्ट भएका छन् । 

Comments

Back to top