ट्रम्प आगामी राष्ट्रपति उम्मेद्वारका लागि अयोग्य ठहर
अमेरिकाको सर्वोच्च अदालतले पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने ठहर गरेको छ ।
अमेरिकी संविधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो ।
अदालतले ट्रम्पलाई राष्ट्रपति पद धारण गर्न अयोग्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारको रुपमा स्विकारे चुनाव संहिताअन्तर्गतको गलत कार्य हुने उल्लेख गरेको छ ।
अदालतको फैसलाविरुद्ध ट्रम्पले अपील गर्ने तयारी गरेका छन् । ट्रम्पमाथि सन् २०२१ मा राजधानीमा भएको दंगाको विद्रोहमा प्रत्यक्ष संलग्न रहेको आरोप लाग्दै आएको छ ।
Comments