युक्रेनलाई ईयूको सदस्यता दिने तयारी
युरोपेली संघ ईयूले युक्रेन र माल्दोभालाई सदस्यता दिने तयारी थालेको छ । यी दुई देशलाई सदस्यता दिने प्रयोजनका लागि इयुले छलफल गर्ने बताएको छ। जर्जियालाई भने युरोपेली संघको सदस्यको उम्मेदवारको मान्यता दिने निर्णय गरेको छ ।
ईयूको यो निर्णयपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा आयोजित शिखर सम्मेलनमा यो निर्णय युरोप र युक्रेन दुवैका लागि जित भएको टिप्पणी गरेका छन् ।
युक्रेनलाई ईयुको सदस्यता दिने तयारी भएपछि हंगेरीले युक्रेनलाई दिने ५० बिलियन युरो सहायता रोकिदिएको छ ।
Comments