गाजाको समर्थनमा सन्देश प्रवाह नगर्न क्रिकेटर उस्मान ख्वजालाई अष्ट्रेलियाको चेतावनी

अष्ट्रेलियाली क्रिकेटर उस्मान ख्वाजालाई प्यालेस्टाइनको समर्थनमा मैदानमार्फत कुनै सन्देश नदिन चेतावनी दिइएको छ।

पाकिस्तानविरुद्धको टेस्ट खेलको तालिमका क्रममा प्यालेस्टाइनको समर्थनमा ब्याट्सम्यान उस्मानले आफ्नो जुत्तामार्फत सन्देश प्रवाह गरेसँगै उनलाई चेतावनी दिइएको हो।

मुस्लिम समुदायका ख्वाजाको जुत्तामा प्यालेस्टाइनको समर्थनमा अंकित भएको सन्देश देखिएको थियो। उनको जुत्तामा ‘सबै जीवन समान छन्’ र ‘स्वतन्त्रता मानव अधिकार हो’ लेखिएको थियो।

अन्तर्राष्ट्रिय नियममा व्यक्तिगत नियममाथिको बन्देजलाई ख्वाजाले पनि पालना गर्नु पर्ने अष्ट्रेलिया क्रिकेटले जनाएको छ। अष्ट्रेलिया क्रिकेटले आफ्नो खेलाडीले व्यक्तिगत राय दिन पाउने भएपनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले भने व्यक्तिगत सन्देश प्रवाह गर्न प्रतिबन्ध गरेको जनाएको छ।

कप्तान प्याट कमिन्स र अष्ट्रेलियाको खेलकुदमन्त्रीले ख्वाजालाई समर्थन गरे पनि उनले सो जुत्ता भने लगाउने छैनन्। यसअघि पनि उनले सामाजिक संजालमा आफू गाजाको स्थानीयको समर्थनमा भएको उल्लेख गरेका थिए।

Comments

Back to top