आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।

थानीले आज मङ्गलवार दिउँसो राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए । स्वतन्त्र भएर बस्छु भन्दै थानीले राजीनामा पत्र बुझाएको पनि मन्त्री रिजालले बताए ।

आज बुधवारदेखि नै लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन् । उनले २०७८ साल फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रूपमा नियुक्ति लिएका थिए । तीन वर्षका लागि नियुक्त भएका थानीले एक वर्ष नौ महिनामै राजीनामा दिएका हुन् ।

Comments

Back to top