संघीय संसद्को महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस

संघीय संसद्को महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।

संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्। 

यसैबीच संघीय संसद्‌का महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा दिएको संघीय संसद्‌ सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

Comments

Back to top