इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु
इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म मतदान गरेका थिए ।
करिब ६७ मिलियन इजिप्टियनहरू राष्ट्रव्यापी ९ हजार भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्न योग्य छन्। तेस्रो कार्यकालका लागि चुनाव लडिरहेका सिसी सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र २०१८ मा दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएका थिए ।
अन्य तीन प्रतिष्पर्धीहरु सोसल डेमोक्रेटिक पार्टीका फरीद जहरान हुन्स इजिप्टको अल–वाफद पार्टीको अब्देल सनद यामामा, र पीपुल्स रिपब्लिकन पार्टीका उम्मेदवार हाजेम ओमर रहेका छन् । अन्तिम नतिजा डिसेम्बर १८ मा घोषणा गर्ने तालिका छ ।
Comments