बंगलादेशमा प्रहरी हिरासतमा रहेका विपक्षी दलका ५ नेताको मृत्यु
बङ्गलादेशमा पछिल्लो २ हप्तामा प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का ५ जना नेताको कारागार भित्र मृत्यु भएपछि त्यहाँको राजनीति तरङ्गित भएको छ ।
अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूले गरेको ¥यालीपछि भएको कारबाहीका क्रममा विपक्षी दलका सयौं नेता कार्यकर्तालाई प्रशासनले गिरफ्तार गरेको थियो । पक्राउ परेकामध्ये ५ जना नेताको कारागार भित्र मृत्यु भएको त्यहाका संचारमाध्यमहरुले जनाएका छन् ।
२० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको समाचार बाहिरिए पनि प्रहरीले भने स्विकारेको छैन । बीएनपीले आउँदो जनवरी ७ मा हुन गइरहेको आमचुनावलाई बहिष्कार गर्दै प्रदर्शन गरेपछि सरकारले धरपकड गरेको हो ।
आगामी चुनावबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने देखिएको छ । विपक्षी दलले निर्वाचन बिथोल्न खोजेको भन्दै सरकार निर्मम बनेको विश्लेषण गरिएको छ ।
कैदी परिवारका केही सदस्यसहित बीएनपीका केही समर्थक कार्यकर्ताको रिहाइको माग गर्न आइतवार मध्य ढाकामा जम्मा भएका थिए । गएको महिना न्युयोर्कको ह्युमन राइट्स वाचले अक्टोबर २८ को ¥यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकलाई पक्राउ गरिएको अनुमान गरेको थियो ।
Comments