प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।

उनले राजीनामा दिनुको कराण खुलाउन चाहेनन् । ‘राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गरौला’, उनले भने । राजीनामा दिनुको कारण पछि भन्ने उनको प्रतिक्रिया थियो।

गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए । नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली–२ लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिएका थिए ।

सल्लाहकारमा भूमिका बिहिन बनाइएकोमा पनि असन्तुष्ट थिए । आफ्नो राजीनामा पुष्टि भएको नभएकोबारे थाहा नभएको जानकारी दिए ।

Comments

Back to top