राष्ट्रियसभा निर्वाचनमा राप्रपा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने निर्णय हो ।

बैठक बुधबार र बिहीबार काठमाडौंमा बसेको थियो।

पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने सम्बन्धमा अन्य दलसंग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ ।

साथै बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले राप्रपा नियमावली–२०८० लाई संशोधनसहित पारित गरेको छ ।

Comments

Back to top