गाजामा मानवीय संकट चुलिदै, गम्भिर बन्न राष्ट्रसंघको चेतावनी
इजरायलको आक्रमणका कारण गाजामा मानवीय प्रणाली ध्वस्त हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानवीय प्रणाली ध्वस्त हुन सक्ने भन्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई सचेत गराएका हुन् ।
महासचिव गुटेरेसले इजरायली बमबारी र अत्यावश्यक आपूर्तिको अभावका कारण गाजाको सार्वजनिक व्यवस्था पूर्ण रूपमा खलबलिएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले महामारी फैलिन सक्ने र छिमेकी देशहरूमा सामूहिक विस्थापनको लागि दबाब बढ्न सक्नेमा सदस्य राष्ट्र सचेत हुन ध्यानाकर्षण गराएका हुन् ।
यसैबीच, इजरायलले गाजामा मानवीय संरचना जोगाउदै महामारीको प्रकोपलाई रोक्न न्यूनतम इन्धन आपूर्तिका लागि अनुमति दिन सहमति जनाएको छ ।
Comments